मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सोमबारको बैठकले सिफारिस गरेको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी गरेकी हुन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा गणपूरक सङ्ख्या घटाउने प्रावधान राखिएको छ । विपक्षी दलको नेताबिना नै बहुमतले निर्णय गर्न सक्ने प्रावधान राखिएको स्रोतले जानकारी दियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी विभाजन गर्न केही खुकुलो बनाइएको छ । यसअघिको ऐनमा राजनीतिक दल विभाजनको मान्यता पाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य पुर्‍याउनुपर्ने प्रावधान थियो । अहिले केन्द्रीय कमिटी र संसदीय दलमध्ये एकठाउँमा ४० प्रतिशत पुर्‍याए पुग्ने प्रावधान छ ।

संसद नबसेका बेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछिन् । संसद् अधिवेशन सुरुभएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने छ । अन्यथा, अध्यादेश निश्क्रिय हुनेछ । – nepalsamaya

Image