मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३ बर्ष पछि फर्केका डा. बरालले भने अछामको माया कसरी मार्न सक्छु ?

३ बर्ष पछि फर्केका डा. बरालले भने अछामको माया कसरी मार्न सक्छु ?


कमल रावल, ७ बैशाख, अछाम ।

जिल्ला अस्पताल अछामका तत्कालिन कार्यालय प्रमुख डाक्टर शरद चन्द्र बरालले कर्मथलो अछामको माया जहिले पनि मानस पटलमा रहीरहने बताउनु भएको छ ।

अछाम आफ्नो स्थायी स्वास्थ्य सेवाको ढोका भएकाले अहीलेसम्म अछामको नाम भन्न गर्ब लागिरहेको बताउनु भएको छ ।

कोरोनाभाईरसको उच्च जोखिममा सुदुरपश्चिमलाई सरकारले राखेपछि यस प्रदेशमा आउने ३३ जना चिकित्सको टोलिमा आफ्नो नाम समाबेश भएपछि हर्षित भएको बताउदै ३ बर्षपछि कर्मथलो आएर केही समय सेवा दिने अवसर मिलेकोमा खुशि ब्यक्त गर्नु भयो ।

अछामका जनताको पिडामा आफु हरेक बखत नजिक भएकाले सबैको मायाले फेरि पनि कर्मथलो पुग्ने अवसर मिलेको प्रतिक्रिया दिनु भएको छ ।

अछाममा सेवा दिन आएकै कारण यतिबेला उच्च शिक्षा हासिल गर्ने मौका मिलेको बताउनु भयो । जुन ठाउँले आफ्नो नाम र पहीचान स्थापित गर्न सफल भएको छ, त्यो ठाउ र नागरिकलाई कहिल्यै पनि भुल्न नसकीने डाक्टर बरालले बताउनु भयो ।

अछाम प्रबेश गर्ने बित्तिकै जिल्लाको बिकास निर्माणको प्रगतीको बारेमा कुरागर्दै मध्येपहाडी राजमार्ग कालोपत्रे सडक, साँफेबगरमा संञ्चालनमा रहेको एयरपोर्ट प्रसंशा गरेका थिए ।

तर आफुले पट्क पट्क सदरमुकाम मंगलसेन बजार हुदै जिल्ला अस्पतालसम्मको सडक ३ बर्ष पहीले जस्तो थियो अहीले पनि त्यस्तै अबस्थामा रहेको देख्दा आफैलाई दुख लागेको बताउनु भयो ।

आफ्नो नेतृत्व हुदा ३ बर्ष अगाडी छोडेर गएका अधुरा कार्य अस्पतालले थुप्रै पुरा गरेकोमा खुशि ब्यक्त गर्दै यतिबेला बिषम परिस्थितीमा जिल्ला पुगेकाले सिमित दिनमा समेत जनताको सेवामा हरबखत तत्पर रहने बताउनु भयो ।

अहिले पनि आफ्नो टिममा हाडजोर्नि, रेडियोलोजि, प्रसुती बिशेषज्ञ सहीतको टिम आएकाले यतिबेला समस्या अनुसार सेवा दिईने डाक्टर बरालले बताउनु भयो ।