२२ चैत्र अछाम, कमल रावल |
अछाम क्षेत्र नम्बर २ का सासंद यज्ञ बोगटीले कोरोनाभाईरस बिरुद्धको लडाई जित्नका लागि प्रत्येक नेपालिले लकडाउनको पुर्ण रुपमा पालना गर्नुपर्ने बताउनु भएको छ ।
नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन अर्थात निशेधाज्ञा जारी गरेकाले प्रत्येक नेपालीले यसको पालना गर्दै यस अवधिमा क्वारेन्टाईन अर्थात घरमा एकान्तबास बस्नु पर्ने बताउनु भयो ।
आफु, आफ्नो, गाउ, जिल्ला र देश बचाउने अभियान भएकाले यतिबेला यस लडाईलाई जित्नका लागि सबै एकजुट भएर सरकारको नियम पालनामा लाग्नु पर्ने बताउनु भयो ।
साँसद बोगटीले आफु स्वयम समेत एकान्त बास बसेर अछाम जिल्लामा आईपरेका समस्याका बारेमा टेलिफोन मार्फत जानकारी लिदै सम्बन्धीत निकायलाई समाधानका लागि पहल गरिरहेको बताउनु भयो ।
सासंद कता हराए भन्ने समय यतिबेला नभएकाले आफु अछामि जनताका समस्याको साथमा रहेकाले जिल्लामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री पुर्तिका लागि सम्बन्धीत मन्त्रालयमा जानकारी गराई ब्याबस्थापन गर्ने अभियानमा लागेको बताउनु भयो ।
सासंदहरुकै नियमित टेलिफोन दबाबका कारण भारतमा रहेका नेपालीलाई त्यही सुरक्षित राख्ने र नेपालमा रहेका भारतीलाई नेपालमै सुरिक्षत राख्ने सहमति सरकारले गरिरहेको बताउनु भयो ।
सिमानाकामा आईसकेका दाजु भाईको समस्याको बारेमा समेत सरकार जानकार भएकाले तत्काल सबै नेपालीलाई उद्धार गरि ल्याएर आफ्नै देशमा क्वारेन्टाईनमा राख्ने प्रबन्ध सरकारले मिलाउनु पर्ने उहाँले बताउनु भयो ।
प्रतिक्रिया