मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले गरिबलाई राहत प्याकेज ल्याउनुु पर्छः प्रदेश सभा सदस्य बिक

सरकारले गरिबलाई राहत प्याकेज ल्याउनुु पर्छः प्रदेश सभा सदस्य बिक


कमल रावल, चैत २३ अछाम |
सुदुरपश्चिम प्रदेश सभा सदस्य दुुर्गा विकले कोरोनाभाईरसको संकट्को बेला सरकारले गरिब जनताका लागि राहतका कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको छ ।

हरेक दिन ज्यालादारि काम गरिखाने नागरिकलाई यतिबेला भोक भोकै बस्नुुपर्ने अबस्था आएकाले सरकारले उनिहरुलाई गाँस, बास र कपास सहीत राहतका कार्यक्रम ल्याउनुपर्ने बताउनु भयो ।

सुदुरपश्चिमा दैनिक ज्यालादारि खाने, अति गरिब, विपन्नका लागि प्रदेश सरकारले केहि दिनमा बैठक गरेर राहतका प्याकेज समेत ल्याउनु भएकाले अछामका हरेक स्थानियले समेत राहतका कार्यक्रममा बिशेष जोड् दिनुु पर्ने बताउनु भयो ।

सदस्य विकले सुदुरपश्चिम यतिबेलाको समयमा निकै जोखिममा रहेकाले सरकारले जतिबेला पनि जुनसुकै निर्णय गर्ने भएकाले हरेक नागकिरलाई निशेधाज्ञा पुर्ण रुपमा पालना गर्न आग्रह गर्नु भयो । आफ्नो निर्वाचन क्षेत्रको समस्याको बारेमा नियमीत आफुले जानकारी लिने गरेकाले सम्बन्धीत मन्त्रिसँग समस्याको बारेमा जानकारी गराउदै समाधानमा लागि परेको बताउनु भयो ।

नेपाल र भारतका थुप्रै सिमानाका अलपत्र परेका नेपालीको सरकारले तत्काल उद्धार गर्नुपर्ने दायित्व भएकाले सरकारको त्यसतर्फ जानुपर्नेमा जोड् दिनु भयो । सिमानाकाको कुरा प्रदेशलाई अधिकार नभएकाले केन्द्र सरकारले चाडै समाधान गरोस भनि प्रदेशको तर्फबाट आफुले नियमीत माग गरिरहेको बताउनु भयो ।

यो समय आफुपनि बच्ने र अरुलाई पनि बचाउने अभियान भएकाले हरेकले निशेधाज्ञाको पालना गरि सुरक्षित एकान्तबास बस्नुपर्ने बताउनुु भयो ।