काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न एअरलायन्सका विमानमा देखिएको समस्याबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएकाे छ । मन्त्रालयले आज बुधवार एक विज्ञप्ति निकालेर नेपालको आकाशमा उड्ने दर्ता भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान र हेलिकप्टरको अवस्था परीक्षण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित छानबिन समिति बनाइएकाे जनाएको छ । संस्कृति, पर्यटन तथा…