मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम-काठमाण्डौ बससेवा सुरु

अछाम-काठमाण्डौ बससेवा सुरु


अछाम : अछाम-काठमाण्डौ सिधा बससेवा सुरु भएको छ ।

अछाम सार्वजनिक यातायात प्रा.लि., खप्तड यातायात प्रा.लि. र सुर्खेत काँक्रेबिहार यातायात प्रा. लि. को साझेदारीमा बससेवा संचालनमा आएको हो ।

यात्रुहरुको सहजताका लागि बससेवा संचालनमा ल्याईएको जनाईएको छ । यात्रुहरुले अवदेखी नियमित ए.सी. डिलक्स बसमा मंगलसेन देखी सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन हुदै काठमाण्डौ सम्मको सहज यात्रा गर्न पाउने अछाम सार्वजनिक यातायात प्रा.लि. ले जनाएको छ ।

मंगलसेनबाट हरेक दिन बिहान ८ बजे बस छुट्ने अछाम सार्वजिनक यातायात प्रा.लि. का काउन्टर ईञ्चारज भानु किरण ढुंगानाले जानकारी दिए ।

अछाम देखी काठमाण्डौ सम्मको भाडादर २ हजार ८ सय कायम गरिएको उनको भनाई छ । हाललाई ५ वटा बसले नियमित सेवा दिने ढुंगानाले जानकारी दिए ।

यसअघि अछाम देखि सिधै काठमाण्डौ बससेवा संचालनमा नहुँदा यात्रुहरुलाई समय तथा भाडा रकम खर्चिलो हुने गरेको थियो ।