मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल वायुसेवा निगमले भोलीदेखि धनगढीबाट सुदूर पहाडमा उडान भर्ने

नेपाल वायुसेवा निगमले भोलीदेखि धनगढीबाट सुदूर पहाडमा उडान भर्ने


धनगढी,६ कात्तिक ।नेपाल वायुसेवा निगमका जहाँजले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमका जहाँज सञ्चालन गर्न निर्देशन दिए सगै आइतबारदेखि उडान भर्न लागेकोे हो ।

पहिलो उडान आइतबार बिहान वायुसेवा निगमको टुइटर जहाँजले धनगढी-डोटी उडान भर्ने धनगढी विमानस्थका प्रमुख रामकृण भट्टले बताए । १८ सिट क्षमताको उक्त जहाँले पहिले उडान डोटी गर्ने कार्यक्रम तय भएको भट्टले बताए ।

डोटी उडान गर्न चाहनेहरुको लागि अहिले बिमानस्थलले नाम दर्ता गरिरहेको र भोली नै निगमबाट कर्मचारी आएपछि नै टिक काट्न सकिने भट्टले बताए ।

नेपाल वायुसेवा निगमका जहाँजले दैनिक सुदूरपश्चिमका पहाडी जिल्लामा उडान भर्ने छ । आइतबारबाट कैलालीको धनगढी बिमानस्थलबाट जहाँज उडानका लागि सम्पूर्ण तयारी पुरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।