मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिगत १४ बर्ष देखि सेवा दिईरहेको साईनो होटल अव थप सेवा सुबिधाका साथ संचालनमा

बिगत १४ बर्ष देखि सेवा दिईरहेको साईनो होटल अव थप सेवा सुबिधाका साथ संचालनमा


अछाम : जिल्लाको सुन्दर नगरी तथा पर्यटकिय क्षेत्र साँफेबगरमा थप सेवा सुबिधाका साथ होटल साईनो एण्ड लज संचालनमा आएको छ । बिगत १४ बर्ष देखि सेवा दिदैँ आईरहेको होटलले सेवा सुबिधा थप गर्दै नयाँ व्यावस्थापनमा संचालनमा आएको छ ।

अछाम जिल्ला भित्रिने ग्राहकबर्ग तथा पाहुनालाई मध्यनजगर गर्दै होटलका सेवा सुबिधा थप गरेर उचित व्यावस्थापन गरिएको होटलका संचालक महेश कुवँरले बताए । उनका अनुसार होटलमा बेड थप देखी खानाका परिकारहरु थप गरिएको छ भने कोठाहरु थप गरेर गुणस्तरिय बनाईएको छ ।

नेपालका चारधाम मध्येको एक बैद्यनाथ धामको दर्शन गर्न र अन्य जिल्लाका पर्यटकिय क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरुलाई समेत मध्ये नजर गरेर बास बस्ने पाहुनाहरुको सजिलाको लागि होटल थप सुधार गरेर संचालन गरिरहेका छौँ संचालक कुवँरले भने ।

होटलमा फ्रि वाईफाई सुबिधा, एसी कोठाहरु, तातो चिसो पानी र स्थानिय उत्पादकाा परिकार समेत उपलब्ध छन् ।

संचालक कुवँरको आफ्नै लगानीमा संचालनमा रहेको होटलमा २३ वटा कोठा, ५० देखी ६० जना सम्म अट्ने तालिम हलको व्यावस्था रहेका छन् ।

होटलमा छुट्टै बस्न मिल्ने खालको क्याविनको समेत व्यावस्था रहेको छ । होटल संचालनका लागि घरजग्जा गरेर ५ करोडको हाराहारीमा लागत रहेको संचालक कुवँरले बताए ।