मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनास्लु हिमाल आरोहणका क्रममा क्यानडाका नागरिकको ज्यान गयो

मनास्लु हिमाल आरोहणका क्रममा क्यानडाका नागरिकको ज्यान गयो


गोरखा – गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्यानडाका एक नागरिकको ज्यान गएको छ । आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको हिजो मङ्गलवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

चौथो बेस क्याम्पभन्दा झन्डै एक सय मिटरमाथि पुगेका उनी हिजो बिहान ७ः३५ बजेतिर अचानक ढलेर बेहोस भएपछि ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताउनुभयो ।

उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेका थिए । आज बुधवार बिहान कैलाश एअरको हेलिकप्टरमार्फत उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

विश्वको आठौँ अग्लो मनास्लु हिमाललाई ‘किलर माउन्टेन’ पनि भनिन्छ ।