२६ चैत्र, अछाम। काठमाडौँबाट कोरोना भाईरसको नुमना परिक्षणका लागि स्वाब संकलन गर्न अछाम पुगेको बिशेषज्ञ स्वास्थ्यकर्मिको टोली काठमाण्डौँ फर्किएको छ । जिल्लाका ३ ठाँउबाट नमुना स्वाब संकलन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार जम्मा २ सय २६ जनाको स्वाब संकलन गरी हेलिक्पटर सहितको टोली काठमाण्डौँ फर्किएको हो । पूर्वी क्षेत्रका कमलबजार नगरपालिका सहित, पञ्चदेवल बिनायक नगरपनलिका,…