मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट २ सय २६ जनाको स्वाब लिएर हेलिकोप्टर काठमाण्डौँ गयो

अछामबाट २ सय २६ जनाको स्वाब लिएर हेलिकोप्टर काठमाण्डौँ गयो


२६ चैत्र, अछाम

काठमाडौँबाट कोरोना भाईरसको नुमना परिक्षणका लागि स्वाब संकलन गर्न अछाम पुगेको बिशेषज्ञ स्वास्थ्यकर्मिको टोली काठमाण्डौँ फर्किएको छ ।

जिल्लाका ३ ठाँउबाट नमुना स्वाब संकलन गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार जम्मा २ सय २६ जनाको स्वाब संकलन गरी हेलिक्पटर सहितको टोली काठमाण्डौँ फर्किएको हो ।

पूर्वी क्षेत्रका कमलबजार नगरपालिका सहित, पञ्चदेवल बिनायक नगरपनलिका, ढकारी, तुर्माखादमा क्वारेन्टाईनमा बस्ने नागरिक सहीत अन्य ब्यक्ति गरि ६८ जनाको स्वाब संकलन गरिएको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्टले बताउनु भयो ।

आज जिल्लाको कमलबजार नगरपालिकाबाट ६८ जनाको स्वाब संकलन भएको छ भने हिजो मंगलसेन नगरपालिकामा १ सय ७ र बयालपाटा अस्पतालमा ५१ जनाको स्वाब परिक्षणका लागि संकलन गरिएको थियो ।

बिभिन्न स्थानिय तह, मंगलसेनमा क्वारेन्टाईन बसेका र जिल्ला अस्पताल र बयालपाटा अस्पतलाको आईशुलेसन बेडमा भर्ना भएका बिरामी, क्वारेन्टाईनमा खटेका स्वास्थ्यकर्मि, सुरक्षाकर्मी, खाना पकाउने भान्छे समेतको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौड्लले बताउनु भयो ।

नमुना स्वाब परिक्षणको रिर्पोट ३ दिन भित्रमा आईसक्ने श्रोतले बताएको छ ।