मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन अवधिसम्मका लागि खाद्यान्न प्रयाप्त छ : नगर प्रमुख बोहरा

लकडाउन अवधिसम्मका लागि खाद्यान्न प्रयाप्त छ : नगर प्रमुख बोहरा


कमल रावल चैत २४ अछाम

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा गएको टोलिले मंगलसेन बजारमा रहेका खाद्यान्नका पसल, औषधि क्लिनीक र पेट्रोलियम पदार्थ वितरण गर्ने पसलको अनुगमन गर्नु भएको छ ।

कोरोनाभाईरसको संक्रमणको बेला नगरपालिकामा खाद्यान्न सहीत दैनिक उपभोग्यका सामाग्रीको अभाब नहोस भनेर हालको अबस्थाको बारेमा प्रत्येक पसलमा गएर अनुगमन गरिएको छ ।

हाल अनुगमन गर्दा औषधि क्लिनीकमा पर्याप्त मात्रामा औषघि रहेको, खाद्य संस्थानमा ५ सय र मंगलसेन बजारको पसलमा २ सय १९ गरि ७ सय १९ क्विन्टल चामल, नुन डिपोमा ५० क्विन्टल नुन, १४ सय लिटर तेल, १८ क्विन्टल चिनि, ३ क्विन्टल मसाल जन्य, १ सय ८० सिलिण्डर ग्यास, ६ हजार लिटर डिजेल, ४ सय लिटर पेट्रोल अहीले मौज्दात रहेको नगरपालिका प्रमुख बोहराले बताउनु भयो ।

यो मात्रा मंगलसेन बजारमा मात्र भएकाले नगरका १४ वटै वडाका स्थानिय पसलमा खाद्यान्नका सामाग्री भएको बताउनु भयो । अहीलेको मात्राको खाद्यान्न सामाग्री हेर्दा नगरका लागि लकडाउको अवधिसम्म प्रर्याप्त मात्रामा खाद्यान्न सामाग्री भएकाले नागरिकलाई नआत्तिन नगर प्रमुख बोहराले आग्रह गर्नु भएको छ ।

यदि तत्काल अभाब हुने अबस्था आए जिल्ला कमाण्डसँग समन्वय गरेर खाद्यान्न सामाग्री ल्याईने उहाँले जानकारी दिनु भयो ।

अनुगमनमा नगर प्रमुख बोहरा सहीत उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामि, ५ का अध्यक्ष हरि प्रसाद ढुगाँना, योजना अधिकृत खगेन्द्र बहादुर सोडारी, स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारी, प्रहरी कार्यालयका तिलक प्रसाद कलौनी, नगरपालिकाका खरिदार नरेश बहादुर कठायत, नन्दराज ढुगाँनाको सहभागिता रहेको थियो ।