मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना : सेती अस्पतालले ४ भेन्टिलेटर सहित पाँच शैयाको आईसियु थप्दै

कोरोना : सेती अस्पतालले ४ भेन्टिलेटर सहित पाँच शैयाको आईसियु थप्दै


सेती प्रादेशिक अस्पतालले कोरोना भाईरस(कोभिड–१९) का गम्भीर विरामीको उपचारका लागि भेन्टिलेटर र पाँच शैयाको आईसियु थप्ने तयारी गरेको छ। प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेपछि उपलब्ध गराएको बजेटबाट अस्पतालले दुई वटा भेन्टिलेटर सहित पाँच शैयाको सघन उपचार कक्ष आईसियुका उपकरण खरिद गरी दुई÷तीन दिन भित्र सञ्चालनमा ल्याउने तयारी गरिएको जनाएको छ।

अस्पतालको लेखा शाखाले आपूर्तीकर्ताबाट भेन्टिलेटर र आईसियु खरिद गरी आपूर्ती गर्ने प्रतिवद्धता प्राप्त भईसकेकाले चाडै सेवा सञ्चालनका लागि तयारी थालिएको बतायो। मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भेन्टिलेटर र आईसियु सेवा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संचरना निर्माणको जारी एक दुई भित्रै सकिने बताउँदै चाडै थप सेवा सुचारु हुने जानकारी दिए।

‘कुनै अवरोध आएन भने एकदुई दिन भित्र भेन्टिलेटर सहित पाँच शैयाको आईसियु सञ्चालन गछौँ।’ उनले भने।  पाण्डेले प्रदेश सरकारले दिएको बजेटबाट दुई वटा भेन्टिलेटर र पाँच शैयाको आईसियुका साथै निक साईमन इन्सिच्युटले अनुदानमा थप दुईवटा भेन्टिलेटर उपलब्ध गराउने प्रतिवद्धता जनाएको बताए।

इन्सिच्युटले अनुदानमा दिने सहित गरी चार वटा भेन्टिलेटर थप हुने बताए। सेती प्रादेशिक अस्पतालमा अहिले दुई वटा भेन्टिलेटर सहित पाँच शैयाको आईसियु सेवा सञ्चालनमा भएपनि कोरोनाका गम्भीर प्रकृतिका विरामीको उपचारमा प्रयोग गर्न नमिल्ने भएकाले थप गर्न लागिएको जनाएको छ।

सेती अस्पतालले पूराना क्षयरोग प्रयोगशाला भवनमा चार भेन्टिलेटर सहितको आईसियु सेवा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको हो। चारवटा भेन्टिलेटर र पाँच शैयाको आईसियु सञ्चालन भए तत्कालका लागि राहात हुने विश्वास गरिएको छ।

तर अवस्था भयावह बन्यो भने चारवटा भेन्टिलेटरले मात्रै थेग्न नसक्ने भएकाले थप आवश्यक पर्ने अस्पतालको भनाई छ। – dineshkhabar