काठमाडौं- नेपालीको महान् चाड वडादसैंको तेस्रो दिन आज चन्द्रघण्टा आरधना गरेर मनाइँदैछ । आजको दिनलाई आश्विन शुक्ल तृतीयाका नामले चिनिन्छ। विधिपूर्वक दीप, कलश, गणेशको पूजाका साथ दुर्गाको प्रतिमामा चन्द्रघण्टाको पूजन गर्दै अंकुरित हुन लागेका जमरामा जमराकी अधिष्ठात्री देवीको पूजा गर्दै जल अभिषेक गरेर आरधना गरिन्छ । ‘चन्द्रः घण्टायां यस्याः सा’ चन्द्रमा जसको घण्टामा विराजमान छन्…