मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानिसको सबैभन्दा मिल्ने साथी ‘कुकुर’

मानिसको सबैभन्दा मिल्ने साथी ‘कुकुर’


एजेन्सी – कुकुरको डिएनएमाथि गरिएको एउटा विश्वव्यापी अनुसन्धानले कुकुर मानिसको सबैभन्दा मिल्ने साथी भएको देखाएको छ। अनुसन्धानले अन्य जातिका प्राणीभन्दा अघिदेखि नै कुकुरलाई मानिसले सबैभन्दा मिल्ने साथीको रुपमा अपनाउँदै आएको देखाएको छ।

विश्वव्यापी अनुसन्धानले ११ हजार वर्षअघि कुकुरहरू उत्तरी गोलार्धबाट विश्वभर फैलिएको पनि पुष्टि गरको बिबिसीले जनाएको छ। नेपाली समाजमा कुकुरलाई सबैभन्दा बफादार घर पालुवा जनावरको रुपमा लिने गरिन्छ।

विगत १८ हजार वर्षदेखि कुकुर मानिसको साथी भएको अनुसन्धानले पुष्टि गरेका छन्। इतिहासदेखि नै कुकुर पहिलो घरपालुवा जनावरको रुपमा परिचित छ।