नेत्र साउद भेटेरिनरी एक विशाल क्षेत्र हो। जुन समाजको एक महत्त्वपूर्ण अङ्ग पनि हो।यस महत्त्वपूर्ण क्षेत्रमा भेटेनरियन भएर काम गर्न पाउनु गौरवको कुरा हो। भेटेरिनरि भन्ने बित्तिकै जल, थलमा बस्ने सम्पूर्ण सुक्ष्म जीवहरुदेखि लिएर ठुल-ठुला जनावरहरुको समेत अध्ययन अनुसन्धान अनि अौषधि,उपचार भन्ने बुझिन्छ। र त्यसमा पनि बोल्न नसक्ने,आफ्नो इच्छा,चाहाना अभिव्यक्त गर्न नसक्ने अज्ञानी जिवजन्तुहरुको मनोविज्ञान…