मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ समीक्षा सकियो

मंगलसेन नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ समीक्षा सकियो


अछाम।

मंगलसेन नगरपालिका स्तरिय बहुसरोकारवाला मंञ्चको बैठक सहित आर्थिक बर्ष २०७६÷०७७ समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाबाट आर्थिक बर्ष २०७६÷०७७ मा सम्पादित क्रियाकलापहरुको बार्षिक प्रतिबेदन सार्वजनिक गरिएको थियो ।

मञ्चका संयोजक तथा नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको आन्तरिक आय संकलन, केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त बजेट तथा भएको आम्दानी खर्चको बारेमा सार्वजनिक गरिएको थियो । नगरपालीकाको यस आर्थिक बर्षको ७४ लाख बढिको आन्तरिक आय ब्याय सहितको प्रस्तुती नगरका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले जानकारी गराउनु भएको थियो ।

नगरलाई प्राप्त बजेटबाट भएको प्रगती प्रतिबेदन नगरपालिकाका लेखा अधिकृत बिष्णु प्रसाद उपाध्यायले प्रस्तुत गर्नु भएको थियो । छलफलमा बहुसरोकारवाला मंञ्चको गठन उद्देश्य र औचित्य माथि मालिका बिकास परिवर्तन परियोजनाका संयोजक रतन रावलले सहभागिलाई जानकारी गराउनु भएको थियो ।

छलफलमा बोल्दै कार्यक्रमका अध्यक्ष नगर प्रमुख बोहराले सरोकारवाला मंञ्चको सहायतले हरेक ब्यक्तिलाई जिम्मेवार बनाएको बताउनु भयो । नागरिक र जनप्रतिनीधीको सम्बन्ध यस्ता सार्वजनिक कार्यक्रमले सुमधुर हुदै जाने भएकाले यस्ता कार्यक्रम प्रभाबकारी हुदै जाने बताउनु भयो । आगामि दिनमा नगर संञ्चालन हुने हरेक कार्यक्रम पारदर्शिका लागि यस्ता कार्यलाई स्थान दिदै जाने बताउनु भयो ।

नगरको समृद्धिका लागि हरेक निकायको साथको आवश्यकता रहेकाले सबैलाई सुझाब सल्लाह सहित अगाडी बढन आग्रह गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय, सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, सरोकारवाला मञ्चका सदस्य लगाएतको सहभागिता रहेको थियो ।

मालिका बिकास संघको सहयोग तथा मंगलसेन नगरपालिकाका आयोजनामा भएको कार्यक्रमको संञ्चालन मंगलसेन नगरपालिकाका अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नु भएको थियो ।