मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनका २५ जनालाई राहत सामाग्री वितरण

मंगलसेनका २५ जनालाई राहत सामाग्री वितरण


अछाम / दैनिक ज्यालादारीमा काम गरेर खाने मंगलसेन नगरपालिकाका २५ मुक्त हलिया घरपरिवारका सदस्यलाई राहत सामग्री वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन र राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल केन्द्रिय कार्यालय डडेल्धुराको साझेदारी, जिल्ला हलिया मुक्त समाज अछामकोे आयोजनामा वडा नम्बर ५ र ८ का २५ जनालाई राहत सामाग्री वितरण गरिएको हो ।

वडा नम्बर ५ का १५ र ८ का १० जनालाई राहत सामाग्री वितरण गरिएको बताईएको छ । जिल्ला हलीया मुक्ती समाज अछामका उपाध्यक्ष निर्मला परीयारको अध्यक्षतामा भएको वितरण कार्यक्रममा नगर उपप्रमुख सरीता उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।

प्रती व्यक्ती ३० किलो चामल, ४ किलो दाल, ३ टिर तेल, २ किलो चीनी, २ किलो नुन र ३ पीस सावुन बितरण गरीएको समाजका सचिव डण्डी बिकले बताए । महामारीका कारण लामो समय लकडाउनमा बस्दा दैनीक रुपमा हातमुख जोर्न नै समस्या भैइरहेका बेला आफुहरुले राहत पाउदा खुसी लागेको राहत पाउने परिवारका सदस्यहरुले बताएका छन् ।

आफुहरुको दैनीक ज्याला मजदुरी गरी खाने अबस्था रहेकोमा लकडाउनले छाक टार्ने मुस्कील भएको उनीहरुको दुखेसो थीयो । हाल लकडाउन खुले पनि सहज रुपमा काम गर्ने अवस्था नहुदा पाएको यो राहतले केही सहज भएको उनीहरुको भनाई छ ।

कार्यक्रममा अछाम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख छत्र बिष्ट, राष्ट्रिय मुक्त हलिया महासंघका केन्द्रीय सदस्य सेते बिक लगाएतको सहभागिता रहेको थियो ।