मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेटिए नेत्र साँउदका नजरमा भेट्नरी सेवा : एक सम्मानित पेशा

जेटिए नेत्र साँउदका नजरमा भेट्नरी सेवा : एक सम्मानित पेशा


  • नेत्र साउद

भेटेरिनरी एक विशाल क्षेत्र हो। जुन समाजको एक महत्त्वपूर्ण अङ्ग पनि हो।यस महत्त्वपूर्ण क्षेत्रमा भेटेनरियन भएर काम गर्न पाउनु गौरवको कुरा हो। भेटेरिनरि भन्ने बित्तिकै जल, थलमा बस्ने सम्पूर्ण सुक्ष्म जीवहरुदेखि लिएर ठुल-ठुला जनावरहरुको समेत अध्ययन अनुसन्धान अनि अौषधि,उपचार भन्ने बुझिन्छ। र त्यसमा पनि बोल्न नसक्ने,आफ्नो इच्छा,चाहाना अभिव्यक्त गर्न नसक्ने अज्ञानी जिवजन्तुहरुको मनोविज्ञान बुझेर तिनिहरुको आवश्यकता परिपुर्ति गर्ने एक मात्र व्यत्ति त्यो हो भेटेनरियन डाक्टर ! “treating the ‘speechless’ is more challenging than treating the spoken”

भेटेनरीले मानव स्वास्थ्यमा पनि उति नै भुमिका खेल्दछ। मानिसले आफ्नो व्यावसाय अथवा सौकिनको दृष्टिकोणले कुनै प्रकारको पशुपंक्षिहरु पालेका हुन्छन् । ती पशुपंक्षिबाट करिब तीन सय किसिमका जुनोटिक रोगहरु मानव शरीरमा सर्ने गर्दछन। तिनिहरुको पहिचान रोकथाम अनि स्वस्थकर चिजवस्तु उत्पादनमा भेटेनरियनले ठूलो भुमिका खेल्दछ।

भनिन्छ नि !´ सेवा नै धर्म हो` र त्यसमा पनि नबोल्ने पशुपन्छीहरु को मनोविज्ञान बुझेर औषधि, उपचार गर्ने psychologiest अथवा भेटेरियन विस्वकै एक नम्बर को दर्जामा पर्न सफल भएको छ । त्यसैले भेटेरिनरी शिक्षा ले मानव स्वास्थमा पनि उत्तिकै महत्त्वपूर्ण भुमिका खेल्दछ । म एक पशुप्रेमी,पशुसेवक नेत्र साउद, शिक्षाको माध्यमबाट सफल उद्यमि बन्ने योजना का साथ-साथै लोकसेवा प्रेमी पनि हु । त्यही सपना पुरा गर्नको लागि हाल प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटी अन्तर्गत पशु विज्ञान विषय लिएर व्यावसायिक शिक्षालाई निरन्तरता दिदै आएको छु । साथै बिरामी केशहरु पनि हेर्ने गर्छु, मेरा लागि यो एक गौरवको कुरा बन्दै आएको छ ।

अधिकांश विद्यार्थीहरु साधारण शिक्षा आर्जन गरि जागीर को खोजीमा हुन्छन् । त्यसमा कोहि सफल हुन्छन् त कोहि आफुले चाहेको जस्तो जागिर नपाएर वैदेशिक रोजगार लाग्छन् । तर मेरो आकर्षण भने व्यावसायिक शिक्षालाई प्रोत्साहन गरि अघि बढने तर्फ छ । बिद्यलय तहमा अध्ययन गर्दागर्दै नै म पछि गयर प्राबिधिक शिक्षा मार्फत कृषकको सेवा अनि रास्ट्रको टेवामा सहयोग पुर्याउने खालका कार्यमा जुट्नेछु भन्ने पुर्ण बिश्वास लिएको छु । व्यावसायिक शिक्षाबाट स्वरोजगार बन्ने अवसर मिल्छ भने साधारण शिक्षाको माध्यमबाट प्रशाशनिक सेवाको लागि जागिरको खोजिमा भौतारिनु पर्छ। व्यावसायिक शिक्षाले व्यक्तीलाई सिपमुलक र आत्मनिर्भर बनाउछ । अनि जहाँ गएपनि रोजगारीको लागि भौतारिनु पर्दैन, छोटो समयमै रोजगारको अवसर प्राप्त हुने गर्दछ।

म एक मध्यम वर्गीय परिवारको सन्तान हु । म सानो हुदा आफ्नो घरमा भैसिले बच्चा पाउन नसकेर ज्यान गुमाउदा आमाको आखाबाट आँसु बगेको स्मरण झलझली आउदछ । ग्रामिण परिबेश भएको कारणले त्यतिखेर पशु चिकित्सक पाउन मुस्किल थियो । सोही कारणले मनमा पशु चिकित्सक बन्ने इच्छा जागिरहयो र हाल त्यही पेसामा समाबेश छु । मलाई यो पेसामा हौसला दिनुहुने मेरो परिवार विशेष गरि मेरो परम पुजनिय पिता चक्र बहादुर साउद अनि आफू खाई नखाई मेरो पढाईको लागि दुई -दुई पैसा गरि जम्मा गर्ने जननी पाटु साउद र राम्रो बाटोको लागि आहावान गर्नुहुने दाजु केवल साउद प्रती हार्दिक आभारी छु।

पशु विज्ञान पढेर जागिर नै गर्नु पर्छु भन्ने छैन, आन्फ्नै पशुपालन व्यावसाय शुरु गरि स्व-रोजगार का अवसरहरु प्राप्त गर्न सकिन्छ ।

ISC Vet / JTA in veterinary science
Tikapur polytechnic institute
Tikapur , kailalai