काठमाडौं- वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ। ८३ वर्षको उमेरमा बिहीबार बिहान ११ बजे निधन भएको हो। बुधबार बेलुका अस्वस्थ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।क्रोनिक ब्रोन्काइटिसबाट लामो समयदेखि पीडित थापाको डेढ महिनाअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया गरिएको थियो। उनी त्यसयता कमलपोखरीस्थित घरमै आराम गरिरहेका थिए। गीतकार थापाले लेखेका ‘घुम्तीमा नआउ…