मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पताल भए नि, अवस्था छ डाक्टर नपाएको

अस्पताल भए नि, अवस्था छ डाक्टर नपाएको


सुगम समीप

जुनदिनदेखि हो तिमीबाट मलाई भर नपाएको
त्यहीदिन देखि हो मैले हाँस्न अवसर नपाएको

अब त यो त्रासले पनि यसरी सीमा नाघ्दैछ कि
अस्पताल भए नि अवस्था छ डाक्टर नपाएको

आज तिमीले सजिलोसँग शिखरमा टेक्न पायौ
थिएँ र पो म भर्याङ्ग! उचाइमा बराबर नपाएको

आफूले संसार देख्न पाएको बिर्सेर छोराहरूले
आमासँग गुनासो  गर्दैछन् अंशमा घर नपाएको

जे पनि दुर्घटना हुन सक्थ्यो  बिछोडको घडीमा
ठीकै भो तिम्रो उपहारमा मैले मफलर नपाएको

गोरखा।