मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समुदायको साथि ‘रेडियो’

समुदायको साथि ‘रेडियो’


  • कमल रावल ।

समाज परिवर्तनको हरेक क्रियाकलापमा सामुदायिक रेडियोको भुमिका अग्र स्थानमा रहेको छ । समाजलाई सुशुचित गर्दै हरेक बिसगति विकृतिलाई चिरफाण गर्दै समाज परिवर्तनमा रेडियोको योगदान कसैले भुल्न सक्दैन । सुचना, संचार, मनोरञ्जन, सचेतनाको लागि गाँउ समुदायको एक मात्र माध्यम साथि सामुदायिक रेडियो हुने गरेको छ ।

शहर क्षेत्रमा टेलिभिजन लगायतका अन्य संचारमाध्यमको विकास भएपन दुर्गम जिल्ला र देशका कुनाकाप्चामा सुचना प्रवाह गर्ने एक मात्र साधन रेडियो हो । अछाम जिल्लामा पनि संचारको विकास २०६२/०६३ पछि मात्रै संचारमाध्यमको विकासको सुरुवात भएको थियो ।

२०६२/६३ को अान्दोलनको परिवर्तन सगै अछाममा छाउपडि कुप्रथा बिरुध्दको अभियान सुरु भएको थियो त्यहि अभियान सुरू हूदै गर्दा २०६३ पौष ३ गतेबाट अछामको पहिलो सामुदायिक रेडियो रेडियो रामारोशनको स्थापना भएको थियो । रेडियो रामारोशनको स्थापना भएको ठिक एकबर्ष पछि २०६४ साल पौष ३ गतेबाट परिक्षण प्रशारण सुरु भएको थियो ।

२०६४ देखि नियमित २०७० सम्म जिल्ला एक्लै रेडियो रामारोशन थियो त्यसपछि परिवर्तन हुदै जादा जिल्लामा रेडियोको सख्या १० भन्दा बढिरहेको छ । हालसम्म अछाममा सफल भएका सामाजिक अभियान खुल्ला दिशामुक्त, पुर्ण खोप युक्त, अनिवार्य तथा निशुल्क शिक्षा, पुर्ण साक्षर जिल्ला, छाउपडि गोठमुक्त जिल्ला घोषणा अभियानमा सामुदायिक रेडियोले महत्वपुर्ण योगदान गरेका छन । दुर्गम भेगका जनताका लागि सुचनाको सारथी रेडियो बनेको छ ।

कोरोनाभाईरस कोभिड १९ बिरुध्दको अभियानमा सामुदायिक रेडियो।

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाईरस कोभिड १९ नेपालमा भित्रिन नदिन यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारको २०७६ चैत ९ गते निर्णयले ११ गतेबाट देश पुरै लकडाउन अर्थात बन्दाबन्दी गर्ने घोषणा गरेको थियो ।

बन्दाबन्दी सुरू भईसकेपछि अछामका १० वटै सामुदायिक रेडियो कोरोनाभाईरसका लक्षण,बच्ने उपाय, बन्दाबन्दी कार्यान्वयन गर्ने गराउने कुरामा एकभएर अगाडि बढिरहेका छन । यतिबेलाको समयमा रेडियोहरुले अाफना सिमित कर्मचारीलाई स्टुडियोमै एकान्तास राखेर प्रशारणलाई निरन्तर दिईरहेका छन भने केहि कर्मचारीलाई बिदामा राखेका छन ।

अहिलेको अवधिमा कुनै पनि रेडियोले सागितिक कार्यक्रम प्रशारण गरेका छैनन, बिहान र बेलुकि सुपर टाईममा हरेक स्थानिय तहमा कोरोनाबाट बचाउनका लागि भएका प्रयास, राहत वितरण, कृषि क्षेत्रमा परेका समस्या, महिला तथा बालबालिकाका समस्यालाई उजागर गर्दै टेलिफोन सवाद गर्दै अाईरहेका छन ।

त्यसैगरि स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, सन्चारकर्मिलाई हुने सामाग्रगि अभाब सहित जिल्लामा गर्न सकिने पहलका बारेमा प्रदेश, केन्द्रमा प्रतिनिधित्व गर्ने सासद, राजनितिक दलका प्रमुख, शिक्षक सघ सगठनका प्रतिनिधी, प्रमुख जिल्ला अधिरि लगाएलाई बारम्बार जिम्मेवार बनाउन टेलिफोनबाट जोडि रहेका छन ।

यतिबेला सानो बालक देखि बृध्दसम्म कोरोनाभाईरसकाट बच्ने मिचि हात धुने कुरा, सेनेटाईजर प्रयोग, तातोपानि पिउने, मास्क लगाउने सबै कुरा रेडियोले भनेर थाहा पायौ र सबै प्रयोगमा ल्याएका छौँ भनिरहेका छन, अछामका दुर दुराजमा सन्चारको भरपर्दो माध्याम रेडियो मात्र छ, मेल्लेख गाउपालिका वडा नम्बर ३ ठाटीका जनकला देबि चदाराको जिवन परिवर्तनको सारथि रेडियो बनिरहेको छ ।

उनि हरेक समय रेडियोले दिने समाचार, सन्देश नबिराई सुन्छन । रेडियोले भनेका कुरा अाफुले पनि ब्याबहार ल्याएको र गाउका सबैलाई भनिरहेकि छन । यतिबेला मारमा परेका गरिब, विपन्न, असहाय राहतका लागि सरकारसग भन्दापनि सामुदायिक रेडियोमा भनेपछि गुनासो चाडै सामाधान बिश्वासमा छन । रेडियोमा गरेको प्रश्न जसका लागि हो सबैलाई जानकारि हुने उतर रेडियोमा अाईसकेपछि राहत दिन बाध्य हुने गरेका उदारहण थुप्रै रहेका छन ।

यतिबेला अछामका सामुदायिक रेडियोले केहि अाफनो लगानि केहि स्थानिय तह र गैरसरकारी निकायको सहयोगमा see तयारी गरिरहेका बिदार्थिको सहजताका लागि रेडियो कक्षा समेत सँन्चालन गरिरहेका छन । समाजसँग जोडिएको सामुदायिक रेडियोलाई राहत प्याकेज खै सरकार समाज परिवर्तनका लागि यति ठुलो योगदान रेडियोले गरिरहेपनि अछामका कुनै स्थानिय तहले पनि रेडियोका लागि राहत प्याकेज भनेर घोषणा गरेका छैनन ।

प्रदेश सरकारबाट २ करोड बढि १० स्थानिय तहमा बजेट अाएको छ, काहा छ त्यो बजेटबाट रेडियोका लागि राहतको प्याकेज, यसरी बिना अार्थिक १८ घण्टा चलिरहेका रेडियोलाई अार्थिक ब्याबस्थापन, स्थानिय तथा राष्टिय सन्चार माध्याम अनलाईनमा समाचार, सुचना, सन्देश प्रकाशित गरिरहेका सन्चारकर्मिको समस्यालाई कहि कतैबाट सम्बोधन अहिलेसम्म नभएपछि नेपाल पत्रकार महासँघ अछामको समन्वय तथा जिल्ला स्थित पत्रकारका सँगठनले राहत कोष स्थापना गरि सबैलाई सहयोग गर्नका लागि अाग्रह गरिरहेका छन ।

रावल सामुदायिक रेडियो प्रशारक सँघ नेपाल जिल्ला समन्वय समिति अछाम अध्यक्ष तथा रेडियो रामारोशनमा कार्यरत हुनुहुन्छ ।