मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुप हुनेको पछाडि दौडिने रहेछ सहर

रुप हुनेको पछाडि दौडिने रहेछ सहर


  • मिलन मधुभाषी

वजन नहुनेले नाटक गर्यो प्यार नभएको
कहाँ होर म भित्र गहिरो इनार नभएको

रुप हुनेको पछाडि दौडिने रहेछ सहर
यो गाउँको अनुहार हो श्रिङ्गार नभएको

धार भएकाहरु थप धार माग्न आउछन्
म एक यस्तो हथौड़ा हुँ धार नभएको

मलाई च्यात्ने छुरा आफु च्यातिएर आयो
म सकुशल बिरामी हुँ चिरफार नभएको

तिमी चोखो पानी हौँ बगेर गयौं म भित्र
नदि पनि के नदि दुई किनार नभएको

खबर गरिदिनु होस् घाऊ पुरिन थाले
धेरै भयो यो दिलमा प्रहार नभएको