मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाेली र जिन्दगी सम्झेर रमाउँ लाग्छ

भाेली र जिन्दगी सम्झेर रमाउँ लाग्छ


  • दिपक प्रवासि

जब यी बजारहरुमा महंगो भाउ लाग्छ !
ब्यापारिहरुले बोल्दा पनि घाउ लाग्छ !!
गए पनि मन दुख्छ , नगए पनि मन दुख्छ !
प्रियसीकाे बिहेको निम्तो छ नजाउँ लाग्छ !!

हामीलाई मार्न हतियार बाेकेर दुस्मन आउँछ !
किन मलाई त्यो बेला पनि मुस्कुराउँ लाग्छ ??
जब बाटोमा फुलिरहेको फुलहरु देखिन्छ !
अनि हर नजरहरुमा नजर जुधाउँ लाग्छ !!

अचेल यो समयसंग दौडिन मन लाग्दैन !
तर भाेली र जिन्दगी सम्झेर रमाउँ लाग्छ !!
यो त तँ भित्रकाे पागलपन हाे प्रवासी !
आफैले आफैलाई यस्ताे सम्झाउँ लाग्छ !!

अछाम