काठमाडौं- रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ। ८४ वर्षीय रानुदेवीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार राति निधन भएको हो । उनको राति नै अन्त्येष्टि गरिएको छ। सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २०६३ सालमा उनका बारेमा ५६ वर्षपछि... नामक सांगीतिक वृत्तचित्र…