मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टाउकोमा ऋण छ, पिठ्युँमा गरिबीको भारी !

टाउकोमा ऋण छ, पिठ्युँमा गरिबीको भारी !


  • जनक रावत ‘अनुराग’

बेरोजगार छ जिन्दगी के गर्नु काम यस्तै हो !
घैटाको पिधमा कहिल्यै पर्दैन घाम यस्तै हो !!
उनले छोडिन अाफन्तको साथ छुट्यो फेरि !
मित्रतामा यहीँ बेला लाग्यो पुर्णबिराम यस्तै हो !!

अरुको जोडिन्छ सम्बन्ध ,मेराे टुक्रिएर जान्छ !
र लाग्छ प्यारकाे घाउ यस्तै हाे डाम यस्तै हो !!
टाउकोमा ऋण छ, छ पिठ्युँमा गरिबीको भारी !
‘अनुराग’ तँलाई जिन्दगीमा ऐस आराम यस्तै हो !!

अछाम