डडेल्धुरामा क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक रहेका छन्। आइतबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बईबाट आइतबारमात्रै डडेल्धुरा आइपुगेका थिए।…