मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश सरकारद्धारा कोरोना रोकथाममा ६० करोड खर्च

प्रदेश सरकारद्धारा कोरोना रोकथाममा ६० करोड खर्च


धनगढी। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले सुदूर पश्चिम प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि ६० करोड रुपैया खर्च गरेको बताएका छन् । मन्त्री बोहराले कोरोना रोकथामका लागि सुदूर पश्चिम सरकारले ६० करोड रुपैया खर्च गरिएको बताए ।

मन्त्री बोहराले आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि स्वास्थ्यलाई  प्राथमिकतामा राखिएको बताए । उनले भौतिक पूर्बाधार मन्त्रालयलको सफ्टवेयर पीएलएमवीएस लक गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयले रातारात प्रकृया विपरित योजनाहरु समाविष्ट गरेको आरोपमा सत्यता नभएको बताए ।

त्यो सफ्टवेयरको पासवर्ड आर्थिक मामिला मन्त्रालयले नै भौतिक पूर्बाधार मन्त्रालयलाई दिने हो, हामीसंगै त्यसको पासवर्ड हुन्छ भने लक गर्ने अथवा ह्याक गर्ने भन्ने कसरी हुन्छ ? उनले भने, योजनालाई सन्तुलित गर्ने जिम्मेवारी पनि आर्थिक मामिला तथा योजना मन्त्रालयको नै हो । बजेट र योजनालाई सन्तुलित गर्नुपर्ने जिम्मेवारी पुरा गर्दा अनावश्यक प्रचार भयो ।

मन्त्री बोहराले भारतबाट आएका  सुदूर पश्चिमेली दाजुभाई तथा दिदी बहिनीहरुलाई स्वरोजगार तथा उद्यमशिल बनाउन स्वरोजगार कोषको सय करोड रुपैया कार्यबिधि बनाएर परिचालन गरिने बताए ।

उनले सरकारले सुदूर पश्चिमको विकास, समृद्धि र कोरोनाको रोकथामका लागि आवश्यक कार्य गरिरहेपनि सत्ता पक्षकै केही सांसदहरुले बिरोध गरेको भन्दै असन्तुष्टि व्यक्त गरे  ।