मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ह्युम्यानिटी फाउन्डेसनद्वारा डडेल्धुरा अस्पताललाई पिसीआर मेसिन हस्तान्तरण

ह्युम्यानिटी फाउन्डेसनद्वारा डडेल्धुरा अस्पताललाई पिसीआर मेसिन हस्तान्तरण


धनगढी: ह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ। फाउन्डेसनले कोरोना परीक्षण गर्ने पिसीआर मेसिन आइतबार डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको हो।

फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवीलगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौंबाट ट्रक दिउँसो अत्तरिया पुगेको थियो। र, त्यहाँबाट उक्त मेसिन बुझेर डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष ओझा डडेल्धुरातर्फ लागेका छन्।

उनले मेसिन जडान गर्ने प्राविधिक पनि सँगै आएकाले भोलीबाटै जडानको काम सुरु गर्ने बताए। ‘भोलीबाटै पिसीआर मेसिन जडानको काम गर्छौ’ उनले भने, ‘अबको एक हप्ताभित्रै काम सकेर मेसिन सुचारु हुन्छ।’

मेसिन अस्पताललाई हस्तान्तरण गरेको ह्युम्यानिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए। पिसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवं समन्वय गरेको उनले बताए। – दिनेश खबर