मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ को संक्रमण बढ्दै गएपछि अत्तरिया बजार बन्द गर्ने सहमती

कोभिड १९ को संक्रमण बढ्दै गएपछि अत्तरिया बजार बन्द गर्ने सहमती


अत्तरिया : कोरोनाको संक्रमण बढ्दै गएपछि अत्तरिया बजार बन्द गर्ने सहमती भएको छ। अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्ने समझदारी भएको बताए।

उनले तत्काल १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने गोदावरी नगरपालिका लगायतका निकायसँग समझदारी भएको जानकारी दिए। गोदावरी नगरपालिकाले समेत बजार व्यवसाय बन्द गरिदिन अपिल जारी गरेको छ।

नगर प्रमुख हरी सिह साउदले जारी गरेको अपिल पत्रमा संक्रमणबाट एकजनाको मृत्यु समेत भईसकेको र संक्रमण बढ्दै गएका कारण बजार खोल्दा हुने भीडभाडले जोखिम बढ्ने भन्दै अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न अनुरोध गरिएको छ।

गोदावरीमा गत जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। धनगढीमा गरिएको परिक्षणमा गोदावरी नगरपालिकाका ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

 जेठ ३२ गते कोरोना पुष्टि भएका गोदावरी १ का ४६ बर्षिय पुरुषको भने  मृत्यु भईसकेको छ। अहिले सम्म गोदावरीमा ९ जना संक्रमित भेटिएका छन्।

आज मात्र गोदावरीका थप  ४ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले पुष्टि गरेको दिनेश खबरमा समाचार छ।