सुर्खेत- कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौं स्थायी घर भई सुर्खेतकाे चिङ्गाड गाउँपालिका वडा नं. ५ बस्ने १ जना गरी कुल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा…