मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम

कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम


काठमाडौं । पछिल्लो एक सातायता सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्दै जान थालेको छ । बुधबार सुदूरपश्चिम प्रदेशमा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीबार (हिजो) १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ३२ पुगेको छ । बुधबार एकैदिन २७२ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या १६ सय ३८ पुगेको हो  । जसमध्ये २८९ जना महिला र १३ सय ४९ पुरुष छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १०६ जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म प्रदेशमा २४४ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ५ जनाको ज्यान गइसकेको छ ।

संक्रमितमध्ये कैलालीका ५१६, कञ्चनपुरका २६०, अछामका १०६, डडेल्धुराका २१८, दार्चुलाका १३ जना छन् । बझाङका ५६, बैतडीका १७७, डोटीका १९१ र बाजुराका १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटी र पीसीआर विधिबाट हालसम्म १ लाख १९ हजार ७६१ जनाको परीक्षण गरिएको छ भने २० हजार ३७५ जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशभर २२ हजार ८०३ जना क्वारेन्टिनमा छन्  । १२३ संक्रमति आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । – बाह्रखरी