मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो


धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ। 

संक्रमण पुष्टि भएका ३५ जना मध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार सात सय दुई पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै डोटीमा दुई सय ३४, डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५५, बैतडीमा एक सय ६५, अछामका एक सय २५, बाजुराका एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। – दिनेश खबर