मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार

अछामबाट सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार


अछाम – जिल्लामा एक सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उपचारका लागि उद्दार गरिएको छ। सुत्केरी व्यथा लागेकी महिलाले बच्चा जन्माउन नसकेपछि हेलीकोप्टर मार्फत् उद्धार गरीएको हो ।

तुर्माखाँद गाउँपालिकाको भैरवस्थान निवासी मनिसा उखेडाले लामो सुत्केरी व्यथापछि पनि बच्चालाई जन्म दीन नसकेपछि उनलाई सुर्खेत रिफर गरीएको हो ।

उनलाई गाउँकै स्वास्थ्यसंस्थामा सुत्केरी गराउन सम्भव नदेखिएपछि आज महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रपती महिला उद्धार कार्यक्रम अन्र्तगत हेलीकोप्टर मार्फत् उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगीएको हो ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा र प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको विशेष पहलमा महिलाको उद्धार गरीएको गाउँपालिकाका स्वास्थ्य संयोजक यकेन्द्र बहादुर बयकले जानकारी दिए।