मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा कोरोना संक्रमितको संख्या ११४ पुग्यो, सबैभन्दा बढी मेल्लेखमा ६० जना

अछाममा कोरोना संक्रमितको संख्या ११४ पुग्यो, सबैभन्दा बढी मेल्लेखमा ६० जना


पवित्रा खड्का, अछाम ।

अछाममा कोरोना संक्रमितको संख्या एक सय १४ पुगेको छ । शुक्रबार २ जना थपिए संगै संक्रमितको संख्या ११४ पुगेको स्वास्थ्य कार्यालय अछाका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।

जिल्लाको चौरपाटी गाँउपालिका वडा नं. ५ का २६ बर्षिया पुरुष र मंगलसेन नगरपालिका वडा नं. ७ का ४८ बर्षिया पुरुषमा शुक्रबार कोरोना पुष्टी भएको हो । राष्ट्रिय प्रयोगशाला परिक्षण केन्द्र टेकुमा गरिएको परिक्षणका क्रममा उनिहरुमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार अछाम जिल्लामा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । जसमा सबै भन्दा बढी मेल्लेख गाँउपालिकामा ६० जना, चौरपाटी गाँउपालिकामा २२ जना, साँफेबगर नगरपालिकामा ८ जना, मंगलसेन नगरपालिकामा १५ जना, बान्नीगढी जयगढ गाँउालिकामा ३ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै रामारोशन गाँउपालिकामा २ जना, तुर्माखाँद गााउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिका र पञ्चदेवल नगरपालिकामा एकएक जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ११ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । हालसम्मको तथ्यांक अनुसार जिल्ला बाहिर भने ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।