धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेश सभाको आठौं बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। उनले कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु आगामी आर्थिक वर्षको पहिलो प्राथमिकता भएको बताएका छन्। नीति तथा कार्यक्रममा कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणका लागि स्वास्थ्य…