मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिन्धेबासनिका ५१ परिवारलाई खाद्यान्न र सरसफाईका सामाग्री हस्तान्तरण

बिन्धेबासनिका ५१ परिवारलाई खाद्यान्न र सरसफाईका सामाग्री हस्तान्तरण


अछाम : मेल्लेख गाउपालिका वडा नम्बर ५ बिन्धेबासनि सरानि गाउका पहिराे पिडितलाई खाद्यान्न तथा सरसफाइका सामाग्री हस्तान्तरण गरिएको छ । वाक नेपालकाे उत्थानशिल जिविको पार्जन तथा पाेषण परियाेजना द्वारा दैनिक उपभाेग्य खाद्यान्न तथा सरसफाइका सामग्री हस्तान्तरण गरिएको हो । केहि दिन अगाडि अबिरल बर्षाकाे कारण सरानिमा गएकाे पहिरोबाट बिस्थापित घर छाेडेर पाल मुनि बसिरहेका ५१ घरपरिवारलाई सामग्री सहयोग गरिएको हो । प्रति परिवारलाई ३ हजार २ सय ५९ रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको वाक नेपाल अछामले जनाएको छ । जसमा चामल, दाल, नुन,चिनि ,तेल, साबुन तथा अन्य सरसफाइ सामाग्री गरि ५१ परिवारलाई जम्मा १ लाख ६६ हजार २सय ९ रुपैयाँ बराबरको दैनिक उपभाेय खाद्यान्न सहयोग गरेकाे छ । वाक नेपालका कार्यसमिति अध्यक्ष मीन बहादुर कुवरकाे अध्यक्षतामा भएकाे राहत वितरणमा मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि, वडा नम्बर ५ का अध्यक्ष रमेश बहादुर खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले संस्था मार्फत पहिरो पिडितहरुकाे उद्दार तथा राहात वितरणका लागि वाक नेपालले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए । आगामि दिनमा समेत स्थानिय सरकारसँग सहकार्य गर्दै अघि बढने सघ सस्थाले यसरी नै सहयोगी हात अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए । वर्ल्ड भिजन इन्टरनेशनल नेपालका मंगल शाहकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको संचालन वाक नेपालका उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजना सयोजक दिलिप बाेहराले गर्नु भएकाे थियाे ।