मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ३ पालिकाद्धारा अनुगमन तथा मुल्याकन सहीत खाका निर्माण

अछामका ३ पालिकाद्धारा अनुगमन तथा मुल्याकन सहीत खाका निर्माण


अछाम : अछामका ३ स्थानीय तहका बिषयगत समितीका संयोजक तथा प्रतिनीधीको २ दिने खाका निर्माण सम्बन्धी गोष्ठि मंगलसेनमा सम्पन्न भएको छ । मालिका बिकास संघ अछामद्धारा संञ्चालित परिवर्तन परियोजना लागु भएका स्थानिय तह मंगलसेन नगरपालिका, पंञ्चदेवल विनायक नगरपालिका र चौरपाटी गाउपालिकाका प्रतिनीधीको सहभागिता रहेको थियो ।

युरोपियन युनियन, डिसिएको आर्थिक सहयोग र ईनलोगस काठमाण्डौँ र मालिका विकास संघ नेपालको आयोजनामा भएको २ दिने गोष्ठिमा बार्षिक अन्तरक्र्रिया सहीत स्थानीय तहको अनुगमन तथा मुल्याकन खाका निर्माण सम्बन्धी बृहत छलफल सहीत आगामी दिनमा गर्ने कामको कार्य योजना समेत तयार पारिएको छ । बिशेष गरि लैगिँक समानता समाजीक समावेशिता, बिषयगत समितीका काम, कर्तव्य र अधिकार सहीत सयन्त्र र योजना अनुगमन तथा मुल्याकनको बारेमा बृहत छलफल गरिएको थियो ।

२ दिने कार्यक्रमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोप बहादुर रावलले विधि, निती सहीत हरेक रणनैतिक योजनालाई कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताउनु भयो । स्थानीय सरकारलाई बलियो बनाउदै लैजानका लागि सबैको अनुभवनको आवश्यकता रहेकाले त्यसलाई निति गत रुपमा लैजानु पर्ने बताउनु भयो ।

समापन कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले सविधानले गरेका प्रावधान र दिएको अधिकार अनुसार आफुहरुले काम गरेको बताउनु भयो । संघियताको कार्यान्वयन गर्दै जादा अझै पनी सिकाईको दौरान रहेको बताउनु भयो । आफ्नो नगरले थुप्रै, ऐन, विधेयक बनायता पनी थुप्रै विधेयक ल्याउन बाँकी रहेकाले नियमीत अभ्यासले सिक्दै जाने बताउनु भयो ।

समापन कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय, बिषयगत समिती संयोजकको तर्फबाट चौरपाटी गाउपालिका वडा नम्बर ४ का अध्यक्ष हर्क लुहार, पंञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पहलसिंह नेपालीले सुझाव तथा प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमकको संञ्चालन मालिका बिकास संघ नेपालद्धारा संञचालित परिवर्तन परियोजनाका सामाजिक बिकास अधिकृत गोपिसिंह नेपालीले गर्नु भएको थियो । २ दिनेसम्म चलेको गोष्ठिको सहजिकरण ईनलोगसका कार्यकारी निर्देशक विनोद प्रसाद ढकाल र प्रशिक्षक कृष्ण न्यौपानेले गर्नु भएको थियो ।