कोरोना भाइरसको आशंकामा देशभर १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रतिदिन एक सयभन्दा बढी परीक्षण भइरहेको जानकारी दिए। देशभर १२० जना आइसोलेसनमा छन् । तीमध्ये काठमाडौंमा १५ जना छन् भने बाँकी देशका विभिन्न स्थानमा। अहिलेसम्म ६ जनामा कोरोना संक्रमण…