मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामबाट कोरोना जाँचको लागि पठाईएका ५ जनाकै रिर्पोट ‘नेगेटिभ’

अछामबाट कोरोना जाँचको लागि पठाईएका ५ जनाकै रिर्पोट ‘नेगेटिभ’


पूर्ण बहादुर खड्का, २३ चैत्र अछाम ।

अछामबाट कोरोना भाईरस (कोभिड-१९) को परिक्षणका लागि पठाईएका पाँच जनाकै रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा नमूना संकलन गरी स्वाब धनगढी पठाएकोमा पाँच जनाको रिपोर्टमा भाइरस फेला नपरेको बताइएको छ ।

कोरोना भाईरसको लक्षण संग मिल्लो जुल्दो लक्षण देखिएपछि संकास्पद उनिहरु ५ जनाकै श्वाब परिक्षणको लागि बयालपाटा अस्पतालले धनगढी पठाएको थियो ।

श्वाब परिक्षण पश्चात उनिहरु सबैको रिपोर्ट नेगिटिभ भएको सेती प्रादेशिक प्रयोगशाला धनगढीले पुष्टी गरेको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए ।

गत बिहिबार श्वाब निकालेर शुक्रबार भिटिएम मार्फत बयालपाटा अस्पतालको एम्बलेन्स मार्फत धनगढी पठाईएको थियो ।

कोरोना भाईरसको लक्षण संग मिल्लो जुल्दो लक्षण देखिएका ५ जना मध्ये ३ जनालाई अस्पतालले आईश्वलेसन वार्डमा राखेर उपचार गरिरहेको थियो ।

जिल्ला बाहिरबाट आएका उनिहरुलाई ज्वरो, खोकी र एकजनामा स्वासको समस्या भएपछि स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो ।

अछामबाट पहिलो पटक पाँच जनाको कोरोना आशंकामा स्वाब नमूना संकलन गरेर पठाइएको थियो ।

आइसोलेशनमा रहेका तीन जनालाई घर फिर्ता गरिने बयलपाटा अस्पतालले जानकारी दिएको छ । पाँचै जना सामान्य रहेको बताइएको छ ।