प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रमार्फत् ११ प्रश्न राखेका छन्। प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनलाई लिएर सांसद थापाले बुधबार प्रश्न राखेका हुन्। संसद स्थगित भएको अवस्थामा आफूले प्रधानमन्त्रीलाई पत्रबाट नै प्रश्न राख्नुपरेको थापाले उल्लेख गरेका छन्। ‘प्रधानमन्त्रीज्यू, संसद चलिरहेको भए तपाईंको सम्बोधन र सांसदसँगको प्रश्नोत्तर त्यहीँ हुन्थ्यो,’…