मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली र कञ्चनपुरका आन्तरिक सीमामा कडाई, विशेष सुरक्षा टोली परिचालन

कैलाली र कञ्चनपुरका आन्तरिक सीमामा कडाई, विशेष सुरक्षा टोली परिचालन


सरकारले अतिआवश्यक काम बाहेक एक जिल्लाबाट अर्का जिल्ला प्रवेश गर्न नदिने निर्णय गरेपछि कैलाली र कञ्चनपुरका आन्तरिक सीमामा पनि कडाई गरिएको छ। शनिबार दुवै जिल्लाका थप तीन जनामा कोरोना भाईरस ९कोभिड–१९० का संक्रमित भेटिएसँगै लकडाउनमा पनि कडाई गरिएको हो।

स्थानीय प्रशासनले आन्तरिक सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्दै दुवै जिल्लामा बिहानैदेखि कडाई गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले अतिआवश्यक काम बाहेकका कसैलाई जिल्लाबाट बाहिरिने र भित्रिन नदिएको बताए।

सुदूरपश्चिमको प्रवेशद्धार चिसापानी, पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरसँग जोडिएको गोदावरी नगरपालिकाको चौकीडाँडा, डोटीसँग जोडिएको फल्टुडे, बर्दियासँग सीमा जोडिएको राजापुरमा विशेष सुरक्षा टोली परिचालन गरिएको जानकारी दिए। यस्तै जिल्लाका सबै स्थानीय पालिकाका सीमा क्षेत्रमा समेत निगरानी बढाईरहेको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि कैलाली र डडेल्धुरासँग जोडिएका सबै सीमानाकामा विशेष सुरक्षा टोली परिचालन गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रबिन्द्र पौडेलले पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गजरौला, डडेल्धुराको जोगबुढा जोड्ने दैजी, कैलालीसँगको डोके बजार लगायतका आन्तरिक नाकामा विशेष टोली परिचालन गरिएको जानकारी दिए।

दुवै जिल्लामा अतिआवश्यक बाहेकका सवारी साधन चल्न दिईएको छैन् भने एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा समेत कडाई गरिएको हो। दुवै जिल्लामा आज चहलपहल पनि ठप्प भएको छ। अरु दिनको तुलनामा मानिसहरु सडकमा निस्कीएका छैनन्।

शनिबार कैलालीमा यसअघि संक्रमित युवककी भाउजु, भारतबाट फर्किएका लम्कीका युवक र भारतबाटै फर्किएका कञ्चनपुरका अर्का युवक गरी थप तीन जनामा कोरोना देखिएपछि सरकारले लकडाउनमा कडाई गरेको थियो।

सरकारले एक स्थानीय तहबाट अर्का स्थानीय तह तथा एक जिल्लाबाट अर्को जिल्ला अतिआवश्यक काम बाहेक आवतजावतमा रोक लगाएको छ। – dineshkhabar