मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोराना भाईस भए नभएको पुष्टीका लागि अछामका २ सय बढिको श्वाब परिक्षण गरिदैँ

कोराना भाईस भए नभएको पुष्टीका लागि अछामका २ सय बढिको श्वाब परिक्षण गरिदैँ


२३ चैत्र अछाम, कमल रावल

जिल्लामा कोरोनाभाईरसको संक्रमण भए नभएको थाहा पाउन २ सय जना बढिको स्वाब संकलन गरि काठमाण्डौँ पठाईने भएको छ ।

सदरमुकाम मंगलसेनको क्वारेन्टाईनमा बसिरहेका ५३ जना, कमलबजारमा रहेका १२ जना, जिल्ला अस्पताल र बयालपाटा अस्पताल भर्ना भएका र अन्य स्थानिय तहमा वडाको जिम्मा लगाएर होम क्वारेन्टाईनमा बसेका ब्यक्तिको स्वाब संकलन गरि काठमाण्डौँ पठाउने निर्णय भएको अछामका प्रमुुख जिल्ला अधिकारी तथा जिल्ला कमाण्ड समितीका संयोजक पुण्ड बिक्रम पौडेलले बताउनु भयो ।

धनगढीमा कोरोनाभाईरसको संक्रमण भएका युवा चैत ११ गते कैलालीको गौरिफन्टा नाकामा अछामको क्वारेन्टाईनमा राखिएका ५३ जना संगै भएपछि मन्त्रालयले निर्देशन दिदा चेकजाँच गर्नुु पर्ने अबस्था आएको उहाँले बताउनु भयो ।

काठमाण्डौँबाट नेपाली सेनाको हेलिकप्टर मार्फत बिशेष स्वास्थ्यकर्मिको टोलि पर्सि आएर नमुना संकलन गरि लगिने बताईएको छ । जिल्लाको सदरमुकाम मंगलसेन, कमलबजार र साफेबगरमा हेलिकप्टर सहीत स्वास्थ्यकर्मिको टोलि आउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

यसैबिच सुदुरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा राखिएकाले लकडाउनलाई कडाई गर्दै कोही कसैले यतिबेला अबज्ञा गरे कानुुन बमोजिम कारबाही गरिने उहाँले बताउनु भयो ।

अझै पनि स्थानिय गाउमा भारत लगाएत जिल्ला बाहीरबाट आएका दाजुुभाई ओहोरदोहोर गरेको खबर आईरहेकाले अब थप कडाई हुने बताउनु भयो ।

साथै जिल्लामा प्रत्येक स्थानिय तहले वितरण गर्ने राहत कार्यलाई एकरुपता ल्याईने निर्णय भएको उहाँले जानकारी दिनुु भयो ।