मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली नदिमा डुबेर पाँच महिने बच्चा सहित आमाको मृत्यु

कर्णाली नदिमा डुबेर पाँच महिने बच्चा सहित आमाको मृत्यु


अछाम: कर्णाली नदिमा डुबेर पाँच महिनाको बच्चा सहित एक आमाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ की २२ वर्षीया कमला बुढा र उनको पाँच महिनाको बच्चा कर्णालीको त्रिवेणीमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीले जानकारी दिएको छ ।

चैत्र १६ गते घरबाट उपचारका लागी मेडिकल जान्छु भनेर हिँडेकी कमलाको शुक्रवार त्रिवेणी स्थित कर्णाली नदिको किनारामा बच्चा सहित शव भेटिएको प्रहरीले बताएको छ । 

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले जानकारी दिए ।