मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

आज विश्व स्वास्थ्य दिवस मनाइँदै


काठमाडौं- विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष नेपालमा ‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ मनाइँदैछ।

स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ। 

विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ। सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो।

जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अभैm सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको छ। सबै नागरिकमा स्वच्छ खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहुँच पु¥याउन नेपालले निरन्तर काम गर्दै आइरहेको छ।

नेपालले स्वास्थ्यका क्षेत्रमा तय गरेका लक्ष्यहासिल गर्न र अन्तर्राष्ट्रिय मञ्चमा स्वास्थ्यसम्बन्धी गरेका प्रतिबद्धता पुरा गर्न स्वास्थ्यका नीति, कार्यक्रम र सेवालाई व्यापक बनाउँदै लगिएको छ।

नेपालले राष्ट्रिय स्वास्थ्य नीति,जनस्वास्थ्य सेवा ऐन तथा नियमावली, कार्यक्रम र कार्य योजनाको विकास र कार्यान्वयनलाई जोड दिंदै आएको छ। विगत केही दशकदेखि स्वास्थ्य क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गर्दै आइरहेको छ।