मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवलका विकट क्षेत्रमा प्रसूति गृह सञ्चालन

पञ्चदेवलका विकट क्षेत्रमा प्रसूति गृह सञ्चालन

गर्ववति महिलाहरूलाई घण्टौँको असजिलो यात्रा सहज


अछाम: पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ८ बारलाको बोरा गाउँ र वडा नम्बर ९ कालेकाँडाको विकट क्षेत्र भाट गाउँमा प्रसूति गृह सञ्चालनमा आएको छ ।

नगरपालिकाकै दुर्गम क्षेत्रका रूपमा रहेका बोरा गाउँ र भाट गाउँमा प्रसूति गृह सञ्चालन भएपछि गर्ववति महिलाहरूलाई घण्टौँको असजिलो यात्रा सहज भएको छ । 

बोरा गाउँ बाट दुई घण्टा हिँडेर बारला स्वास्थ्य चौकी र भाट गाउँबाट करिब ३ घण्टा हिँडेर कालेकाँडा स्वास्थ्य चौकी धाउनु पर्ने समस्या समाधान भए सँगै बोरा गाउँ र भाट गाउँका महिलाहरू खुसी भएका छन् ।

दुर्गमका महिला दिदीबहिनी हरूका समस्यालाई नजिकबाट बुझेकाले विकट क्षेत्रमा स्वास्थ्य सेवा पहिलो प्राथमिकता रहेको नगरप्रमुख अम्बिका चलाउनेले बताइन् ।

फरक फरक दिन प्रसूति गृहको उद्घाटन गर्दै नगरप्रमुख चलाउनेले गर्भावस्था महिलाहरूको जटिल र संवेदनशील अवस्था भएकाले महिलाहरूको सहजताका लागि नगरपालिकाले प्रसूति गृह सञ्चालन गरेको उनको भनाई छ ।

पञ्चदेवल विनायक नगरपालिकाले पहिलो वर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर चालु आर्थिक वर्ष सकिनै लाग्दा विभिन्न रचनात्मक कार्य भएको नगरपालिकाले दाबी गरेको छ ।

नगरप्रमुख अम्बिका चलाउनेको नेतृत्वमा वडा अध्यक्ष तथा नगरपालिकाका कर्मचारीहरू नगर विकाससँग सम्बन्धित सम्पन्न योजनाहरू अनुगमन गर्दै दुर्गम गाउँ बस्ती केन्द्रित भएका छन् ।

नगरपालिकाका विभिन्न वडाहरूमा शैक्षिक सघन अनुगमन,निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ,पशु स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ ।