मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटनका लागि दिपायलमा झोलुङ्गे पुल

पर्यटनका लागि दिपायलमा झोलुङ्गे पुल

सुदूरपश्चिमको डोटीमा पर्यटन पर्बद्वन गर्न झोलुङ्गे पुल


सुदूरपश्चिम प्रदेशको दिपायलमा अग्ला दुई पहाड जोड्न झोलुङ्गे पुल बनाइएको छ। के यो पुलले दिपायलको पर्यटन पर्बद्वन गर्ला ?

डोटीको दिपायलमा पर्यटन पर्बद्वन गर्न दुई अग्ला पहाड जोड्ने झोलुङ्गे पुल बनाइएको छ । सिलगढी नगरपालिका वडा नम्बर २ र ५ लाई जोड्ने गरि द्वारी खोलामाथि पर्यटक भित्र्याउने उदेश्यले निर्माण गरिएक‍ो हो ।

अग्ला दुईवटा पहाडबाट निर्माण गरिएको पुलबाट दिपायलको पिपल्ला बजारको मनोरम दृश्य,अविरल बगिरहेको सेती नदि,नागबेली झैं सुतिरहेका विभिन्न सडक बाटो अवलोकन गर्न सकिन्छ ।पुल निर्माण भएसंगै यहाँ पर्यटकको संख्या पनि बढेको स्थानीयवासीको भनाई छ ।

जीर्ण अवस्थामा रहेको ठाडो उकालोमा करिब २० मिनेट पैदल हिंडे पछि पुगिने झोलुङ्गे पुलनजिकै तत्कालीन डोटीका राजा भुपति शाहको ऐतिहासिक दरबारको भग्नावशेष जीर्ण अवस्थामा रहेको छ। भाइरल पुल नगरपालिकाले पुल व्यवस्थित बनाउने भन्दै पुल हेर्न आउने प्रति पर्यटकबाट १५ रुपैयाँ लिने गरेको छ । अग्लो पुलको बीचमा बसेर साथीहरुसँग फोटो खिच्ने, सेल्फी लिने मात्र होइन कतिपय पर्यटकहरु पुलसँगै टिकटक बनाउने र त्यसैमा रमाउने गर्दछन् ।

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालले अहिले ग्रामीण पर्यटनको विकासमा भूमिका खेलेको देखिन्छ ।