अछाम । गतराती आगलागीका कारण जयगढ बजारमा ठुलो क्षति भए पश्चात् बान्नीगढी जयगढ गाउँपालिकाको बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ भने आकस्मिक कार्यपालिका बैठक बोलाईएको छ । गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले आगलागीबाट बिस्तापित भएकाहरुलाइ तत्काल राहात उपलव्ध गराउन पालिका सरकारले ६ लाख रुपैँया दिने निर्णय गरेको छ…