मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा व्यावसायिक उडान् नियमित हुदैँ, प्राधिकरणको कार्यालय समेत खोलिने

कमलबजारमा व्यावसायिक उडान् नियमित हुदैँ, प्राधिकरणको कार्यालय समेत खोलिने


अछाम ः जिल्लाको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । आज आईतबार चौथो पटक व्यावसायिक उडान भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले बताए ।

आज चौथो पटक व्यावसायिक उडानमा काठमाण्डाँै देखि १५ जना र कमलबजार देखि १४ जनाले यात्रा गरेका उनले बताए । गत हप्ता मौसम खराबीका कारण उडान नभए पनि अन्य हप्तामा नियमित उडान हुने उनले बताए । बैशाख ७ गते बाट व्यावसायिक उडानको उद्घाटन सहित सुरु भएको थियो ।

यसैबिच निकट भबिष्यमै कमलबजारमा नागरिक उड्यन प्राधिकरणको कार्यालय समेत कमलबजारमै स्थापना गरिने भएको छ । नगर प्रमुख ढकालका अनुसार अहिले साँफेबगरबाट कर्मचारी खटाईने भएपनि निकट भबिष्यमा कमलबजारमै कार्यालय स्थापना गरी २ जना कर्मचारी प्राधिकरणबाट खटाईने गरि पहल गरिरहेका उनले बताए ।

नेपाल नागरिक उदयन प्राधिकरणको सुरुमा आफ्नै कार्यालय रहेका दुई भवन जून यसअघि प्रहरीको कार्यालय रहको थियो (प्रहरीको कार्यालय आफ्नै नया भवनमा सरेपछि) त्यसको मर्मत सम्भार तथा व्यवस्थापन गरी कार्यालय स्थापना गरिने उनले बताए । नियमित उडान हुदाँ यस क्षेत्रका नागरिकलाई सहजता भएको छ ।