काठमाडौं - राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ। यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत…